Logo
Logo

राष्ट्रपतिद्वारा काठमाडौं-तराई मधेस द्रुतमार्गकाे अवलोकन


441
Shares

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं-तराई मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक)को अवलोकन गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले निर्माणाधीन सुरूङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास, प्रयत्न र प्रगतिबारे आवश्यक जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिएका छन् ।

काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्