काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ को दोस्रो संस्करण आजदेखि मलेसियामा सुरू हुँदैछ । प्रतियोगिताको पहिलो दिन नेपालले पनि खेल्दैछ । आज पहिलो दिन ६ खेल हुँदैछन् । यस विश्वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको महिला टोलीले आज बंगलादेशसँग खेल्दैछ ।
नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन् ।
नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू–१९ एसिया कपमा खेलेको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो ।
ऐतिहासिक विश्वकप खेल्न लागेको नेपाली टोलीले एसिया कपमा व्यहोरेको हारको बदला लिँदै जितका साथ विश्वकप यात्रा सुरूवात गर्न चाहनेछ । यसले नेपालको सुपर सिक्स सम्भावना पनि बलियो बनाउने छ ।
यी हुन् आजका खेलहरू :
इंग्ल्याण्ड यू–१९ महिला भर्सेस् आयरल्याण्ड यू–१९ महिला : विहान ८ः१५
अस्ट्रेलिया यू–१९ महिला भर्सेस् स्कटल्याण्ड यू–१९ महिला : विहान ८ः१५
सामोआ यू–१९ महिला भर्सेस् नाइजेरिया यू–१९ महिला : विहान ८ः१५
बंगलादेश यू–१९ महिला भर्सेस् नेपाल यू–१९ महिला : दिउँसो १२ः१५
पाकिस्तान यू–१९ महिला भर्सेस् अमेरिका यू–१९ महिला : दिउँसो १२ः१५
दक्षिण अफ्रिका यू–१९ महिला भर्सेस् न्युजिल्याण्ड यू–१९ महिला : दिउँसो १२ः१५