Logo
Logo

योग गर्नाले शरीर र दिमागलाई सन्तुलित हुन्छ : पूर्वराष्ट्रपति यादव


378
Shares

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताएका छन् ।

ललितपुर महानगरपालिका वडा न–१६ तथा पतञ्जलि योग समिति बागमती प्रदेशको संयुक्त रुपमा आयोजनामा सुरु भएको योग उत्सव समारोहमा यादवले योग साधनाले पूर्वीय सभ्यतालाई उजागर गरेको र यसले स्वास्थ्यका लागि सकारात्मक प्रभाव पार्ने बताएका हुन् ।

डा यादवले योग साधनको महत्त्व, गरिमा र अभ्यासका बारेमा देशभर प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।स्वास्थ्य जीवनबिना देश अगाडि बढ्न नसक्ने भएकाले योगको निकै महत्व रहेको उनले बताए ।

ललितपुर महानगर बडा नंवर १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले योग अभ्यास पनि जीवनको महत्त्वपूर्ण विषय भएकाले पतञ्जलि योग समितिसँग मिलेर कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्