Logo
Logo

स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गरौं : निर्वाचन आयोग


1.8k
Shares

काठमाडौं । निर्वाचन आयोगले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव ऐनमा राखिएको छ ।

शनिबार धुलिखेलमा नेपालमा निर्वाचन सुधारः सुधारका पक्ष, औचित्य र सान्दर्भिकताबारे आयोजित कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचनसम्बन्धी ऐनमा त्यस्तो प्रस्ताव गरेको बताएका हुन् ।

उनले भने, ‘स्थानीय तहको मतपत्र छुट्टै भएन, अस्ति हामीले उपनर्विाचनमा प्रयोग गरेर हेर्‍यौँ । त्यसमा हामी सफल भयौँ। अबको कानूनमा पनि छ । स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्नेछ भन्ने ऐनमा नै छ । त्यो पास भए आयोगलाई बाध्यता हुन्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रत्यक्षलाई नै समावेशी गर्नसके समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई तलमाथि गर्न सकिने उल्लेख गरे । ‘प्रत्यक्षलाई नै समावेशी गरियो भने समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई तलमाथि गर्न सकिन्छ,’ थपलियाको मत छ, ‘समानुपातिक हटाऔँ भनेर आयोगले भन्ने पनि होइन । समानुपातिक भनेको अहिलेको ठूलो उपलब्धि हो। हाम्रो लोकतन्त्र भनेको समावेशी लोकतन्त्र हो। समावेशितालाई बाहिर राखेर कुनैपनि कानुन बनाउन सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्