Logo
Logo

मोहन बस्नेत ‘हप्ते सीआईडी’ : सांसद सहयात्री


10.4k
Shares

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतलाई ‘हप्ते सीआईडी’ भनेर कटाक्ष गरेका छन् ।

आज भएको माओवादी केन्द्र बाह्रबिसे नगरपालिकाको तेस्रो नगर सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य समेत रहेका सहयात्रीले बस्नेतलाई ‘हप्ते सीआईडी’ भनेर कटाक्ष गरेका हुन् ।

‘पञ्चायती प्रहरीको हप्ते सीआईडी बनेर त्यति बेलाका कांग्रेस नेता कार्यकर्तालाई पक्राउने र टेरामक्स घोटाला जस्तो देशघाती भ्रष्ट हुनुभन्दा श्रमजीवी कुल्ली हुनु महान् कुरा हो’, उनले भने ।

केही समय अगाडी बस्नेतले आफूलाई सिन्धुपाल्चोकको सरकार भनेर स्वघोषणा गर्दै सरल सहयात्री पहिला कुल्ली थिए भन्दै एक कार्यक्रममा उडाएका थिए ।

प्रतिक्रिया दिनुहोस्