Logo
Logo

बलिदानी दिवसमा मधेस आन्दोलनका सहिदको योगदान स्मरण


315
Shares

काठमाडौँ । तराई–मधेस लोकतान्त्रिक पार्टी नेपालले १८ वर्षअघि भएको मधेस–आन्दोलनमा जीवन उत्सर्ग गर्ने योद्धाका योगदानको स्मरण गर्दै बलिदानी दिवस मनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आज आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्ष श्याम गुप्ता तथा महासचिवद्वय डा. सुरेन्द्र झा र मनिष मिश्रलगायतका नेताहरुले मधेस आन्दोलनका सहिदको तस्बिरमा माल्यार्पण गरी उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरे ।

विसं २०६४ माघ ५ गते लहानमा भएको घटनामा रमेश महतोको निधन भएको र त्यसपछिका आन्दोलनमा ठूलो जनधनको क्षति भयो । त्यसक्रममा सरकार र तत्कालीन मधेसी जनअधिकार फोरमबीचको सहमतिपछि मुलुक सङ्घीयतातर्फ अघि बढेको उक्त पार्टीको दाबी छ ।

सभामा उपाध्यक्ष गुप्ताले बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति र भौगोलिक विविधताले परिपूर्ण नेपाललाई सबै जातजातिको साझा फूलबारीका रुपमा अघि बढाउन राज्यले सबैलाई समान अधिकार र अवसर प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए ।

मधेसका आवाजलाई राज्यले अझै पूर्णरुपमा सम्बोधन नगरेको आरोप लगाउँदै उनले भने, ‘सहिदहरुले जुन सपना बोकेर आन्दोलनमा होमिएका थिए, त्यसलाई साकार तुल्याउन संविधान संशोधनमार्फत अधिकारका विषयमा उठेका विषयबस्तु सम्बोधन गरिनुपर्छ ।’

महासचिव डा. झाले अहिले मुलुकमा संविधान संशोधन बहस चलिरहेको सन्दर्भमा संविधान संशोधन पहिचान र सामाथ्र्यका आधारमा राज्यको पुनःसंरचना र अग्रगमनका लागि हुनुपर्ने आफ्नो दलको मान्यता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्