Logo
Logo

भारत–चीन सीमा विवादमा बोल्यो नेपाल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ असार ।
दुई छिमेकी देशबीच बढेको सीमा विवादबारे नेपालले शनिबार औपचारिक रुपमा आफ्नो धारण सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार बिज्ञप्ती जारी गरी संवादबाटै समस्याको समाधानमा जोड दिएको छ ।


नेपाल क्षेत्रीय तथा विश्वमा शान्तिको पक्षमा रहेको भन्दै गलवान भ्यालीमा भएको विवाद शान्तिपूर्ण रुपमा समाधान हुने विश्वास लिइएको उल्लेख छ । गलवान भ्यालीमा भएको हिंसामा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । जून घटनापछि दुई देशबीच आरोप प्रत्यारोप चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्