Logo
Logo

पाँचथर समाज सेवा युकेले ‘डिनर च्यारिटी नाइट’ गर्ने


252
Shares

काठमाडौं । पाँचथर समाज सेवा युकेले आगामी फेब्रुअरी ८ मा ‘च्यारिटी डिनर नाइट–२०२५’ आयोजना गर्ने भएको छ । समाजिक सेवा गर्ने हेतुले स्थापित समाजले पहिलोपटक ‘डिनर च्यारिटी नाइट’ गर्न लागेको हो ।

समाजकी अध्यक्ष शान्ति लिम्बूले यो पहिलो च्यारिटीबाट संकलित रकम दुर्गम क्षेत्रका बालबालिकाहरुको आधारभूत शिक्षाका लागि सहयोग गर्ने बताइन् । यसटक पाँचथरको पापुन्देन आधारभूत विद्यालयलाई सहयोग गर्ने निर्णय भएको समेत उनको भनाइ छ ।

अध्यक्ष लिम्बूका अनुसार गत मंसिरमा सम्पन्न समाजको वार्षिक साधारण सभाले च्यारिटीबाट संकलित रकम पाँचथरको दुर्गम क्षेत्र फालेलुङ–७ गाँउपालिकास्थित पापुन्देन आधारभूत विद्यालयका विधार्थीहरुका लागि सहयोग गरिने निर्णय भएको हो ।

समाजको अघिल्ला कार्यकालहरुमा पनि च्यारिटी कार्यक्रमबारे प्रस्तावहरु उठ्दै आएको र महाधिवेशनमा पनि एक कार्यकालमा एक च्यारिटी प्रोग्राम गर्ने प्रस्ताव उठेको भन्दै सोही प्रस्ताव अनुसार वर्तमान कार्यसमितिले अबदेखि एक कार्यकालमा एक च्यारिटी प्रोग्राम गर्ने सहमति भएको उनले बताइन् ।

डिनर च्यारिटी नाईटलाई सभ्य र भव्य बनाउन आर्थिक संकलनका लागि समाजले बेलायतबासी पाँचथरेसमक्ष आह्वानसमेत गरेको छ । उक्त दिन उपस्थित हुन नसक्नेले समेत स्ववेच्छाले रकम सहयोग गरिदिन समाजले अनुरोध गरेको छ । कार्यक्रम फेबु्रअरी ८ शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलको दोस्रो तल्लामा अपरान्ह १५.३० बजेदेखि सुरु हुने ‘डिनर च्यारिटी नाइट’का लागि मिडिया संयोजक सुक तुम्रोकले बताइन् ।

प्रतिक्रिया दिनुहोस्