Logo
Logo

अन्ततः अमेरिकामा टिकटक बन्द


630
Shares

काठमाडौं । अन्ततः लोकप्रिय भिडियो शेयरिङ एप टिकटक अमेरिकामा बन्द भएको छ । टिकटक प्रतिबन्ध लगाउने नयाँ कानून लागू हुनुभन्दा केही घण्टा अगाडि नै अमेरिकामा टिकटक चल्न छाडेको छ ।

अमेरिकी प्रयोगकर्ताहरूको एपमा देखापरेको सन्देशमा टिकटकमाथि प्रतिबन्ध लगाउने कानून लागू भएको उल्लेख गरिएको छ । जसमा लेखिएको छ, ‘तपाईंले अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न । हामी भाग्यमानी छौं कि राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटकलाई पुनस्र्थापित गर्ने समाधानमा हामीसँग काम गर्ने संकेत गर्नुभएको छ ।’

केहीसमय अघिमात्र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एप टिकटकलाई प्रतिबन्धबाट ९० दिनको छुट दिन सक्ने बताएका थिए । ट्रम्पले उनले पदभार ग्रहण गरेपछि सोमबार यस विषयमा घोषणा गरिने जनाएका थिए ।
उनले भनेका थिए, ‘९० दिनको छुट त्यस्तो हुने सम्भावना धेरै हुन्छ, किनकि यो उचित छ । हामीले यसलाई ध्यानपूर्वक हेर्नुपर्नेछ । यो धेरै ठूलो अवस्था हो ।’ बीबीसीका अनुसार अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला सुनाएको थियो ।

टिकटकलाई यसको मूल कम्पनी बाइटडान्सले बेचेमा मात्र यो प्रतिबन्धबाट बचाउन सकिने फैसला गरिएको छ । त्यसपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताएको थियो । प्रयोगकर्ताहरूका अनुसार टिकटक एप गुगलको अमेरिकी एप स्टोरबाट पनि हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्