Logo
Logo

छविलाल अदालतमा उपस्थित, न्यायाधीश खरेलको इजलासमा बयान हुने


567
Shares

फाइल तस्बिर

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी जोशी आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका उनी काठमाडौंमा पनि मुद्दा रहेकाले एक सातापछि आज आफैं अदालत हाजिर भएका हुन् ।

काठमाडौं अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलामा उनको बयान र थुनछेक बहस हुने छ । त्यसपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्ने कि थुनाबाहिरै राखेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । जसमा रास्वपा सभापति रवि लामिछाने, सहकारीको लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामा धरौटी रकम बुझाएर रिहा भएका छन् ।

सुनिता नेवा चार लाख, लामा तीन लाख र पूर्वगृहमन्त्री समेत रहेका लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्