Logo
Logo

कृषि विकास र नेपाल ईन्भेष्टमेण्ट मेगा बैंकले जिते एडिबिएल कर्पोरेट फुटसलको उपाधि


189
Shares

काठमाडौं । कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा आयोजित एडिबिएल कर्पोरेट फुटसल २०८१ को उपाधि कृषि विकास बैंक र नेपाल ईन्भेष्टमेण्ट मेगा बैंकले जितेका छन् ।

विभिन्न कर्पोरेट हाउसहरूबीच आत्मीयता र सम्बन्ध विस्तारका लागि आयोजना गरिएको यस फुटसल प्रतियोगितामा महिला र पुरुष दुवैको सहभागीता थियो । महिला तर्फको फाइनलमा कृषि विकास बैंकको टिमले ग्लोबल आईएमई बैंकको टिमलाई पराजित गर्दै उपाधि जितेको छ ।

नियमित समयको खेल ०–० को बराबरीमा सकिएपछि सडन डेथमा २–१ को गोल अन्तरले कृषि विकास बैंक विजयी बनेको हो । ग्लोबल आईएमई बैंकको टिम दोस्रो स्थानमा सीमित रह्यो भने ओल्र्डलिंक कम्युनिकेसनको टिम तेस्रो स्थानमा रहन सफल भयो ।

त्यस्तै पुरुषतर्फ एनआईएमबि बैंकको टिमले उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल आईएमई बैंकलाई ३–० गोल अन्तरले पराजित गर्यो । यससँगै एनआईएमबि बैंकले उपाधि जित्न सफल भयो भने ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रह्यो । कृषि विकास बैंकको टिम तेस्रो स्थानमा रहन सफल भयो ।

यस प्रतियोगितामा महिला तर्फ उत्कृष्ट खेलाडीको उपाधि कृषि विकास बैंककी भावना बमले जितिन् भने पुरुष तर्फ एनआईएमबि बैंकका सुलभ थापा उत्कृष्ट खेलाडी बने । उत्कृष्ट गोलरक्षक महिला तर्फ ग्लोबल आईएमई बैंककी सानुमाया गुरुङ र पुरुष तर्फ एनआईएमबि बैंकका सगुन कुमार मोक्तान घोषित भए । उच्च गोलकर्ताको उपाधि महिला तर्फ ग्लोबल आईएमई बैंककी चन्द्रिका भट्ट र पुरुष तर्फ नेको इन्स्योरेन्सका क्षितिज सुवेदीले हात पारे ।

समापन समारोहमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रतियोगिताले विभिन्न संस्थाहरूबीचको सम्बन्ध प्रगाढ बनाउन र कर्मचारीहरूको प्रेरणा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै उनले प्रतियोगितामा सहभागी भएका सबै टिमलाई धन्यवाद दिँदै भविष्यमा यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्