काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘एमडीआरटी’ अचिभर्स अवार्ड २०२३ कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार काठमाडौंको हायत प्लेसमा आयोजित कार्यक्रममा वर्ष सकिएको सात दिन भित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख ९२ हनार ३०० रुपैयाँ प्रथम बीमा शुल्क सकलन गरी ‘एमडीआरटी’ का लागि योग्य भएका २४३ जना अभिकर्तालाई कम्पनीले सम्मान गरेको हो ।
कार्यक्रमको शुभारम्भ पानसमा दिप प्रज्वलन गर्दै नायव प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरे । उक्त कार्यक्रममा देश बाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई सबैलाई स्वागत गरे ।
आफ्नो भिडियो संदेशमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उनीहरूकै अथक मेहनत र परिश्रमका कारण कम्पनी सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको कुरा बताए ।
अभिकर्ताहरुको चौतर्फी विकाशका निम्ति कम्पनी निकै नै संबेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।