माघ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको जिम्मेवारी सहसचिव डा. भीष्मकुमार भूसालले पाएका छन् ।
गृहमन्त्रीस्तरको निर्णयअनुसार डा. भूसालले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने गरी जिम्मेवारी पाएका हुन् ।
पुस १ गते कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल सकिएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५ (ग) बमोजिम उनलाई कार्यकारी प्रमुखको जिम्मेवारी प्राप्त भएको हो ।