विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु हुने भएको छ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो । चार महिनापछि सुरु भएको अधिवेशनका लागि विजनेश पर्याप्त रहेको सरकारले बताएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकका लागि कार्यसूचीमा पाँच वटा विषयहरु छन् । सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र बाचन गर्नेछन् । त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश हुनेछ । सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेश गर्ने पनि कार्यसूची छ ।