Logo
Logo

नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै


441
Shares

काठमाडौं । आईसीसी यू १९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे मलेसियामा सुरु हुनेछ । विश्वकपमा डेब्यू गरेको नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।

प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्तिमा एउटा खेल जित्नुपर्छ । समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् ।

प्रतिक्रिया दिनुहोस्