Logo
Logo

पूर्वडीआईजी जोशीसँग आज पनि बयान लिइँदै


693
Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको काठमाडौं जिल्ला अदालतमा आज पनि बयान हुँदैछ । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी प्रकरणमा मुछिएका जोशीको आइतबार बयान नसकिएपछि आज पनि हुने भएको हो ।

आइतबार आफैैं अदालत उपस्थित भएका जोशीविरुद्धको बयान न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा भइरहेको छ । हिजो बयान नसकिएपछि उनलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।

अब आज बयान सकिएपछि जोशीलाई धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश हुनेछ । उनीसहित २९ जनाविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ । जोशी कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ८८ लाख धरौटी बुझाएर पुस २५ गतेमात्रै रिहा भएका थिए ।

स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा, सञ्चालक समिति सदस्य कमल लामा र रास्वपा सभापति रवि लामिछाने धरौटी रकम बुझाएर रिहा भएका छन् ।

नेवा चार लाख, लामा तीन लाख र लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । स्वर्णलक्ष्मी सहकारीका ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्