Logo
Logo

वर्षौंपछिको पारिवारिक पुनर्मिलन (तस्वीरहरु)


504
Shares

काठमाडौं । आइतबारदेखि युद्धविराम भएसँगै हमास र इजरायलले एकअर्काका बन्धक नागरिकलाई रिहा गरेका छन् । यो समाचार तयार पार्दासम्म हमासले गाजामा ३ बन्धक रिहा गरेको छ भने इजरायलले ९० प्यालेस्टिनी कैदीलाई मुक्त गरेको छ ।

हमासले रिहा गरिएका ९० जनामा ​​६९ महिला र २१ बालबालिका रहेको बताएको छ । सम्झौताको पहिलो चरणमा इजरायलले १९ सय प्यालेस्टिनी कैदी रिहा गर्नुपर्नेछ । बदलामा हमासले ३३ इजरायली बन्धक छाड्नुपर्ने छ । यसैबीच पारिवारिक पुनर्मिलनका केही भावुक तस्बिर सार्वजनिक भएका छन् ।

इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता तीन चरणमा लागु हुनेछ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासद्वारा बन्धक बनाइएकाहरूलाई रिहा गरिनेछ । त्यसपछि इजरायली सेना विस्तारै गाजाबाट हट्ने र अन्तिम चरणमा गाजामा पुनर्निर्माणको काम हुने बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्