Logo
Logo

प्रेमिकाले धोका दिएको भन्दै झापाका विनोदले आफ्नै शरीरमा लगाए आगो


504
Shares

काठमाडौं । प्रेमिकाले धोका दिएको भन्दै मोरङमा एक जना पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् ।

झापाको दमक नगरपालिका–७ घर भएका ४० वर्षीय विनोद थापाले मोरङको उर्लाबारी नगरपालिका–६ स्थित प्रेमिकाको एक खाजा घरमा गएर पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले अन्नपूर्ण खाजा घरमा गएर उनले आफ्नै शरीरमा आगो लगाएको बताए । थापाको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

अन्नपूर्ण खाजा घर झापाको दमक नगरपालिका–३ घर भएकी २८ वर्षीय इन्द्र लिम्बुले सञ्चालन गरेकी हुन् । इन्द्रले आफूलाई धोक दिएको विनोदको आरोप छ । उनीहरू दुवैजना विवाहित हुन् । इन्द्रलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्