Logo
Logo

काठ तस्करीको आरोपमा इन्सपेक्टरसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ असार ।
काठ तस्करीको आरोपमा इलाका प्रहरी कार्यालय, विपीनगर, डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहरासहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।


इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक नृप बहादुर बोहराले सामुदायिक वनको सार्वजनिक सम्पत्ति बदनियतपूर्ण तबरले हानिनोक्सानी गरेको तथा सो कार्यलाई ढाकछोप गर्न सामुदायिक वन उपभोक्ता समितिलाई गैरकानूनी दबाब दिएको तथ्य पुष्टि हुन आएकोले नृप बहादुर बोहराले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा १८ बमोजिम कसुर गरेको देखिंदा निज नृप बहादुर बोहरालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को आधारमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) र दफा १८ बमोजिम जम्मा बिगो . ६१,०२०।– (एकसठ्ठी हजार बीस) कायम गरी सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।

त्यस्तै केदार सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष चक्र बहादुर साउदले इलाका प्रहरी कार्यालय विपीनगरलाई विना छुटपुर्जी दिने निर्णय गरी आफ्नो समुदाय मातहतको सरकारी सम्पत्तिको रुपमा रहेको सार्वजनिक वन हिनामिना गरेको साथै नृप बहादुर बोहराले गरेको कसुर लुकाउन भूमिकासमेत खेलेको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज चक्र बहादुर साउदलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जम्मा बिगो रु. ६१,०२०।– कायम गरी सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्