Logo
Logo

शपथ लिनुअघि ट्रम्पद्वारा आफ्नै नामको क्रिप्टोकरेन्सी घोषणा, मूल्य आकाशियो


1.5k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नै क्रिप्टोकरेन्सी घोषणा गरेका छन् । सोमबार, राष्ट्रपति पदको शपथ ग्रहणअघि ट्रम्पले यस मिम कोइनको सार्वजनिक घोषणा गरेका थिए। यो क्रिप्टोकरेन्सीले केही घण्टामै ५.५ अर्ब डलरको बजार पुँजी हासिल गरेको छ।

ट्रम्पको संयोजन ट्रम्प अर्गनाइजेशनको भातृ निकाय सीआसी डिजिटल एलएलसीले गरेको हो । यसअघि उक्त निकायले ट्रम्प ब्रान्डका उत्पादनहरू जस्तै जुत्ता र अत्तर बजारमा ल्याएको थियो ।

यो मिम कोइन ट्रम्पको नेतृत्व र विजयलाई समर्थन गर्ने भन्दै सार्वजनिक गरिएको हो। प्रारम्भिक चरणमा झन्डै २० करोड डिजिटल टोकन जारी गरिएको छ, भने आगामी तीन वर्षमा थप ८० करोड टोकन सार्वजनिक गरिने जनाइएको छ। तर, यसले कुनै राजनीतिक अभियान वा सरकारी निकायसँग सम्बन्ध नराख्ने स्पष्ट गरिएको छ।

ट्रम्पले यस क्रिप्टोकरेन्सीलाई ूहाम्रो विजय र आदर्शको उत्सवू भन्दै आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा प्रचार गरेका छन्। यद्यपि, आलोचकहरूले यसलाई राष्ट्रपतीय पदको प्रयोग गरेर फाइदा उठाउन खोजिएको आरोप लगाएका छन्।

यो क्रिप्टोकरेन्सीप्रति उत्साहजनक प्रतिक्रिया देखिए पनि यस्ता मिम कोइनहरू उच्च जोखिमयुक्त मानिन्छन्। सुरुवातमा मूल्य वृद्धि भए पनि समयसँगै लगानीकर्ताले ठूलो घाटा बेहोर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।

ट्रम्प प्रशासनले क्रिप्टो उद्योगलाई समर्थन गर्ने अपेक्षा गरिए पनि आलोचकहरूले यस कदमलाई शंका गर्दै निगरानी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्