Logo
Logo

पोखरा महानगरका मेयरको कार्यकक्षमा कांग्रेसद्वारा तालाबन्दी


2.1k
Shares

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ ।

स्थानीयका अनुसार मेयर धनराज आचार्यले नगरसभा स्थगित गरेको विरोधमा कांग्रेसले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा सोमबार तालाबन्दी गरेको हो ।

नेकपा एमालेले करारमा कर्मचारी नियुक्ति सम्झौता कार्यान्वयन नगर्न दबाब दिँदै सोमबारको नगर सभा बैठक बहिष्कार गरेको थियो । त्यसपछि मेयर आचार्यले नगर सभा बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्