Logo
Logo

भक्तपुरको अरबौंको जग्गा प्लटिङमा क-कसको चलखेल ?

बालेनको कार्यालयमा कर्मचारीको सेटिङ


13.4k
Shares

काठमाडौं । तत्कालीन सिन्धुपाल्चोक जिल्ला विकास समितिबाट कानुनबिपरीत सूर्यविनायक नगरपालिकामा सरुवा भएका अनिरुद्र नेपाल हाल काठमाडौ महानगरपालिकाको आइटी शाखामा कार्यरत छन् । सूर्यबिनायकबाट नवौं तहमा बढुवा भएपछि हेटौंडा उपमहानगरपालिका हुँदै काठमाडौं महानगरपालिकामा सरुवा भएका नेपालको खेलोफड्को सूर्यविनायक नगरपालिका भक्तपुरका कर्मचारीहरुका बीचमा हिजोआज मुख्य चर्चाको विषय बन्ने गरेको छ ।

बासुदेव थापा र अनिरुद्र नेपाल

काठमाडौं महानगरपालिकाका नवौं तहका कर्मचारी नेपालको भक्तपुरको सूर्यविनायक नगरपालिकामा चर्चा हुनुमा लामो समयदेखि उनले सूर्यविनायक नगरपालिकाको आन्तरिक रुपमा प्रमुख प्रशासकीय भूमिका निर्वाह गर्दै आएकाले हो । अनिरुद्र नेपाल काठमाडौं महानगरपालिकामा सरुवा भएर आएदेखि नै उनले सूर्यविनायक नगरपालिकामा जग्गा दलालहरुसँग सेटिङ गर्दै आएको सूर्यविनायक नगरपालिकाका एक कर्मचारीले वताए ।

ती कर्मचारीका अनुसार सूर्यविनायक नगरपालिकाका महत्वपूर्ण निर्णयहरुमा मात्रै होइन, नेपालले नगरपालिकाका दैनिक प्रशासकीय काममा समेत हस्तक्षेप गर्न थालेपछि कतिपय नगरपालिकाका शाखा प्रमुखहरु नेपालको हस्तक्षेपबाट आजित भएका छन् ।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईँटेल नेपालको आन्तरिक प्रशासनमा बढेको हस्तक्षेपकारी गतिविधिले पूरै ओझेलमा परेका छन् । यसअघि लामो समय सूर्यविनायक नगरपालिकाको राजस्व शाखामा बसेर लूट मच्चाएका नेपालले सूर्यनायक नगरपालिकाका सबैजसो महत्वपूर्ण शाखाहरुमा आफ्ना खास मान्छेहरु सेट गरेका छन् । तिनै उनले नगरपालिकामा जागिर खुवाएका कर्मचारीबाट नगरपालिकाको आन्तरिक आन्तरिक दैनिक गतिविधिको सूचना लिएर उनी सूर्यविनायक नगरपालिकामा खेल्दै आएका छन् ।

पछिल्लो समय उनले सूर्यविनायक नगरपालिकाको अर्बौं मूल्यको जग्गा प्लटिङमा मिलाएको सेटिङ देखेर नगरपालिकाका कतिपय कर्मचारीहरुले आश्चर्यमा परेका छन् । केही समयअघि मात्रै सूर्यविनायक नगरपालिकाको वडा नं ९ को काँक्राबारीमा करिब ५ सय रोपनी जग्गामा प्लटिङ गर्ने मुख्य खेलाडीका रुपमा अनिरुद्रको भूमिका रहेकोे नगरपालिकाको स्रोतले जानकारी गरायो ।

सो ठाउँमा प्लटिङ गर्नका लागि उनले नै जग्गावाला, प्लटिङ गर्ने ठेकेदार, नगरपालिकाका सबै पक्षलाई मिलाएका छन् । सो ठाउँमा सुधीर अधिकारी, शंकर तामाङ, चन्द्रमणि खरेललगायतको जग्गा रहेको छ । उक्त ठाउँमा प्रविण कुस्मा, पूर्णवहादुर लिम्बु र डिल्ली रसाइलीले संयुक्तरुपमा प्लटिङ गर्दैछन् ।

यी सबैलाई मिलाउने सूत्रधार भने नेपाल नै हुन् । लामो समयदेखि कुरा नमिलेर अड्किरहेको उक्त प्लटिङको काम नेपालले हात हालेपछि सल्टिएको छ । उनले नगरपालिकादेखि स्थानीयलाई मात्रै होइन, जग्गावालालाई समेत मिलाएर प्लटिङको काम सल्टाएका छन् ।

सिन्धुपाल्चोकतिरका खरेलसँग पछिल्लो पल्ट नेपालको बसाई भएपछि प्लटिङको काम अघि बढेको हो । जग्गा प्लटिङका लागि अनुमति नदिइरहेका सूर्यबिनायक नगरपालिकाका मेयर बासुदेव थापालाई अनिरुद्र नेपालले ठूलो रकम प्रस्ताव गरेपछि उनले उनले अनुमति दिएका छन् ।

मेयर थापा पुनः दुईपटक मेयर भइसकेकाले दोस्रो कार्यकालमा जसरी हुन्छ कमाउधन्दामा लिप्त छन् । अरबौं मूल्यको सूर्यबिनायक नगरपालिका वडा नम्बर ९को ५ सय रोपनी जग्गा प्लटिङमा जग्गा कारोबारीहरुले मेयरलाई मात्र अनिरुद्रमार्फत् २० करोडको डिल गरेको चर्चा ब्यवसायीहरुबीचमा छ ।

त्यसका अलावा अनिरुद्रले उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाललाई समेत ठूलै अफर गरेर प्लटिङ अनुमति मिलाएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्