Logo
Logo

खो खो विश्वकप उपविजेता नेपाली टोलीको भव्य स्वागत


315
Shares

काठमाडौं । भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला खो खो टोलीको भव्य स्वागत गरिएको छ । खो खो विश्वकपमा उपविजेता बन्दै इतिहास रचेको नेपाली टोली सोमबार दिउँसो स्वदेश फर्किएको हो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदिप महर्जन लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

खो खो विश्वकप फाईनल हेर्न नयाँ दिल्ली नै पुगेका राखेप सदस्य सचिव घिसिङ टिमभन्दा अगाडि नै काठमाडौं आइपुगेका थिए । नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा सहित टोलीको भव्य स्वागत गरियो ।

हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टिम र सरस्वती कडायतको कप्तानीमा रहेको महिला टिमले उत्कृष्ट प्रदर्शन गर्दै खो खो विश्वकपको फाइनल पुगेको थियो । तर आइतबार भएको फाइनलमा नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्