काठमाडौं, ७ असार ।
नेपालमा विगत २४ घण्टामा थप ४२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९,०२६ पुगेको छ।
तीमध्ये १,७७२ ना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ।
विगत २४ घण्टामा कुल १९४ जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाले बताए।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,००८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,७५,१७३ पुगेको छ।