Logo
Logo

पूर्वमुख्यमन्त्री उद्धव थापालाई गाडी सुविधा दिने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश


1.6k
Shares

काठमाडौं । कोशी प्रदेशका सत्तारुढ दल नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई सुविधा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

उच्चका न्यायाधीश राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको इजलासले सोमबार गाडी, सवारी चालक र इन्धन सुविधा उपलब्ध गराउने कोशी सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

कोशी सरकारले पूर्व मुख्यमन्त्री थापालाई एउटा हलुका सवारी साधन, सवारी चालक र मासिक १२५ लिटर पेट्रोल उपलब्ध गराउने निर्णय गरेको थियो ।

सरकारको निर्णय बमोजिम सुविधा उपभोग गर्दै आएका थापाको सुविधा गैरकानुनी रहेको भन्दै अधिवक्ता द्वय कर्ण बहादुर राई र प्रेमकुमार घिमिरेले गत पुस २१ गते रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्