Logo
Logo

अमेरिका-मेक्सिको सीमामा संकटकाल लगाउने ट्रम्पको घोषणा


945
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन् ।

सोमबार राति राष्ट्रपतिको सपथग्रहण गरेपछि पहिलो सम्बोधन गर्दै ट्रम्पले सिमा समस्या समाधानका लागि संकटकाल घोषणा गर्ने बताएका हुन् । उनले सबै गैर कानुनी प्रवेश बन्द गरेर लाखौं कागजपत्रविहीनलाई देशनिकाला गर्ने घोषणा गरेका छन् ।

ट्रम्पले २०१९ मा पनि सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गरेका थिए । साथै उनले दक्षिणी सिमानामा सेना पठाउने बताएका छन् । ट्रम्पले कार्यकारी आदेश जारी गरेर सिमाक्षेत्रमा क्याच र रिलिजको अन्त्य गर्ने बताएका छन्।

ट्रम्पले आप्रवासीहरुलाई एसाइलम कुर्न मेक्सिकोमा रहनुपर्ने रिमेन इन मेक्सिको नीतिलाई पुनस्र्थापित गर्ने बताएका छन्, जसले आप्रवासीहरूलाई उनीहरूको अध्यागमन मुद्दाको मितिसम्म मेक्सिकोमा पर्खन बाध्य तुल्याउनेछ । उनले पहिलो चरणमा जो बाइडेन शासनकालका ७८ कार्यकारी आदेशहरू रद्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्