काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् ।
राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेकामा ट्रम्पलाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
साथै राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र विस्तार हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।