काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग गर्ने आदेश जारी गरेका छन् ।
सोमबार राति राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले आफ्नो देशलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अलग गर्ने आदेश जारी गरेका हुन् । बीबीसीका अनुसार अन्य देशका तुलनामा अमेरिकाले यसका लागि अनुचित मूल्य चुकाएको ट्रम्पको दाबी छ ।
अमेरिकाको राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित ट्रम्पले सोमबार पदको शपथ खानासाथ विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न झन्डै १५०० जनालाई माफी दिने आदेश पनि जारी गरिसकेका छन् ।