काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल र रास्वपा सांसद हरि ढकालले सभापति पोखरेलको राजीनामा माग गरेका हुन् ।
प्रतिपक्षी दललाई लेखा समिति सभापति दिनुपर्ने, सभापतिकी श्रीमति सहकारी ठगी र स्वकीय सचिव ठगीमा संलग्न भएको अभियोगमा मुद्दा खेपिरहेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माओवादी सांसद दाहालको तर्क थियो ।
यता रास्वपा सांसद ढकालले लेखा समिति सभापति प्रतिपक्षीको हुने विश्वव्यापी मान्यता रहेको भन्दै राजीनामा माग गरेका हुन् ।