काठमाडौं । राजेन्द्र महतो नेतृत्व राष्ट्रिय मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ । राष्ट्रिय मुक्ति पार्टी, नेपाललाई मंगलबार आयोगले दल दर्ता प्रमाणपत्र दिएको हो ।
आयोगले राष्ट्रिय मुक्ति पार्टीलाई ग्यास सिलिण्डर चुनाव चिन्ह प्रदान गरेको छ । काठमाडौं महानगरपालिका–१० शंखमुलमा केन्द्रीय कार्यालय रहनेगरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।