काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंहदरबार पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ समय नदिएपछि फर्किएका छन् ।
मंगलबार धरानको खानेपानी समस्या समाधानका लागि गाग्रो बोकेर मंगलबार प्रधानमन्त्री ओलीलाई भेट्न सिंहदरबार पुगे पनि समय नदिएपछि मेयर साम्पाङले खानेपानीमन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेर फर्किएका हुन् ।
मेयर साम्पाङले आजै प्रधानमन्त्रीलाई पनि भेटेर अर्को पत्र बुझाउने बताएका थिए । प्रधानमन्त्री सचिवालयले भने प्रधानमन्त्रीको आज हर्कराज सम्पाङसँग भेटघाटको कार्यक्रम नै तय नभएको जनाएको छ ।
सचिवालयले भन्यो, ‘प्रधानमन्त्रीको आज हर्कराज सम्पाङसँग भेटघाटको कार्यक्रम नै तय भएको थिएन । प्रधानमन्त्रीको आज त विहानैदेखि भेटघाटको कार्यक्रम सेड्युड टाइट थियो । त्यसकारण पनि भेट हुन सकेन ।’