Logo
Logo

सत्ताको दोहन गर्ने र कमिसनको पैसाले कार्यकर्ता पाल्ने प्रवृत्ति हाबी भयो : बाबुराम भट्टराई


630
Shares

गोरखा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो समय राजनीति कमाउ धन्दा हुन पुगेको टिप्पणी गरेका छन् ।

मंगलबार गोरखामा पत्रकार भेटघाट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले राज्यसत्ताको दोहन गर्ने र कमिसनको पैसाले कार्यकर्ता पाल्ने प्रवृत्ति हाबी भएको बताए ।

पुराना ढंगको राजनीति, पुराना तरिकाका नेताहरूको शैली र नैतिक कमजोर धरातलले देश संकटतर्फ धकेलिएको भन्दै उनले भने, ‘पछिल्लो समयमा नेपालको राजनीतिक प्रवृत्ति के भयो भने जसरी नि सत्तामा पुग्ने, राज्यसत्ताको दोहन गर्ने, ठेक्कापट्टा कमिसनखोरी गरेर पैसा जम्मा गर्ने अनि त्यसले कार्यकर्ता पाल्ने र चुनावी खर्च उठाउने । राजनीति कमाउ धन्दा हुन पुग्यो, यो दुर्भाग्य कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्