पोखरा । पोखरा महानगरमा लगाएको ताला खोलिएको छ । गणपूरक संख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा स्थगित गरेको भन्दै नेपाली कांग्रेसका निर्वाचित जनप्रतिनिधिले मेयर आचार्यसहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको ताला खोलिएको हो ।
नगरसभा भने नेकपा एमालेले बहिष्कार गरेपछि स्थगित गरिएको भएको थियो । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहितको उपस्थितिमा भएको बैठकबाट ३ बुँदे सहमति भएपछि ताला खोलिएको पोखरा–४ का सदस्य प्रकाश कोइरालाले बताएका उनका अनुसार चालू नगरसभा माघ ११ गते गर्ने सहमति भएको छ । मेयर आचार्यले १० गतेका लागि बैठक स्थगित गरेका थिए ।
यस्तै, सबै वडा कार्यालय, महाशाखा, शाखालगायत खर्च केन्द्रहरूका शीर्षकान्तर र रकमान्तर हुन नसकेकोले आवश्यक निर्णय गर्ने सहमति भएको उनले बताए । रकमान्तर नहुँदा पोखराको पूर्वाधार विकास तथा अन्य कार्यहरू ठप्प भएको गुनासो जनप्रतिनिधिहरूको छ ।
साथै, पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिबिच २०८१ मङ्सिर २३ गते बसेको विशेष नगरसभामार्फत पारित ७ बुँदे सहमति अक्षरशः पालना गर्ने र समग्र महानगरको शुसाशन र समृद्धिका लागि एकजुट भएर काम गर्ने सहमति भएको पनि कोइरालाले बताए ।