Logo
Logo

गौरव र प्राव्यालाई उपाधि


819
Shares

काठमाडौं । ‘फेस अफ स्मार्ट किड्स–२०२४’को उपाधि गौरव लामाले जितेका छन् । यस्तै, फिमेलतर्फ प्राव्या रावलले उपाधि पोल्टामा पारेकी छन् ।

बालबालिका केन्द्रित युथ कृयसन नेपालद्धारा काठमाडौंमा आयोजित अन्तिम प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै गौरव र प्राव्याले उपाधि चुमेका हुन् । उनीहरुले उपाधिसँगै क्राउन तथा विभिन्न गिफ्ट हाम्परपाए । आयोजकका अनुसार उनीहरुले अन्तर्राष्टिय प्रतियोगितामा पनि भाग लिन पाउने भएका छन् ।

संघीय संसदका सदस्य मिना तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा यस प्रतियोगितामा श्रेयंश श्रेष्ठ र सम्पदा भुजेल फस्र्ट रनरअप, मायक लामा र सेली पूर्जा सेकेण्ड रनरअप घोषित भए ।

कार्यक्रममा अभिनेता सरोज खनाल मुख्य निर्णायकमा रहेका थिए । साथै, मोडल जोर्डन राजभण्डारी, मिसेस गुरुङ २०२४ की विजेता निलम गुरुङ, मेकअप आर्टिष्ट टेकराज पाण्डे र कलाकार सस्मिता गिरी निर्णायक थिए ।

रोजिन शाक्यको कोरियोग्राफीमा संचालित उक्त प्रतियोगिताका आयोजक संस्थाका सिईओ रबि लामा तामाङले समाजमा बालबालिकालाई सक्षम र जिम्मेवार व्यक्तिका रुपमा अगाडि बढाउन सहयोग गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्