काठमाडौं । हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबीच बैंकका ग्राहकहरुलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाई टिकटहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र बुद्ध एयरबीच भएको उक्त सम्झौता अनुसार बुद्ध एयरले बैंकका ग्राहकहरुलाई हवाइ टिकटहरुमा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।
हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बंैकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् । बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागि https://www.himalayanbank.com/en/offers मा हेर्न सकिने प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाले जानकारी दिए ।