Logo
Logo

सरकार बदलिए पनि वैदेशिक नीति नबदलिने बनाउनुपर्छ : गगन थापा


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अन्तर्राष्ट्रिय सहायता नीति एउटै बनाउनुपर्ने बताएका छन् ।

बुधवार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले अहिले अन्तर्राष्ट्रिय सहायता नीति २०७६ रहेको र सोही नीतिअनुसार अहिलेसम्म अघि बढिरहेको बताए । उनले अहिले अन्तर्राष्ट्रिय सहायता नीति बारेमा संसदमै गहन छलफल गर्न जरुरी रहेको बताए ।

उनले नेपालमा जुनसुकै राजनीतिक दलले सरकारको नेतृत्व गरे पनि नेपालको वैदेशिक नीति एउटै हुन्छ भन्ने मानक स्थापित गर्न जरुरी रहेको बताए ।

सरकार बदलिने भए पनि वैदेशिक सहायता नीति नबदिलिने बनाउनुपर्ने उनले बताए । राष्ट्रिय स्वार्थका सन्दर्भमा नेपालका राजनीतिक दलहरुको एउटै धारणा बनाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्