Logo
Logo

रवि लामिछानेविरूद्ध आजदेखि थुनछेक बहस


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आजदेखि रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ ।

बुधबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लिइएको बयान साँझ सकिएपछि आज थुनछेक बहस हुने भएको हो । इजलासले लामिछानेलाई हिरासत बस्न नपर्ने आदेश गरेको थियो । त्यसपछि आज बिहान १० बजे अदालतमा उपस्थित हुने गरी उनलाई हिजो कानुन व्यवसायी र परिवारको जिम्मा लगाइएको थियो ।

आज सुरुमा सरकारी वकिलको तर्फबाट बहस हुनेछ भने त्यसपछि लामिछानेको पक्षका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । त्यसपछि उनलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्नेबारे फैुसला हुने जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले बताए । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा रविसहित २२ जनाविरुद्ध मुद्दा परेको थियो ।

लामिछाने यसअघि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा पनि आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । उनलाई अदालतले ६० लाख धरौटीमा छाडेको थियो । त्यसअघि सूर्यदर्शन सहकारीको मुद्दामा कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्