Logo
Logo

अखिल क्रान्तिकारीको पदाधिकारीदेखि सदस्यसम्म क–कसले दिए उम्मेदवारी (सूचीसहित)


1.4k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को ३१२ सदस्यीय केन्द्रीय समितिमा ५ सय जनाको उम्मेदवारी परेको छ । पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरेर जम्मा ३१२ पदका लागि जम्मा ५ सय जनाको उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन आयोगले अनलाइन प्रणालीबाट उम्मेदवारी दिएका ५ जना उम्मेदवारको प्रारम्भिक नामावली बुधबार साँझ सार्वजनिक गरेको हो । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार प्रारम्भिक नामावली विरुद्ध दाबी विरोध भएमा आज बिहान ९ बजेभित्र अनलाइन प्रणालीबाटै उजुरी दिन सकिनेछ ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा, विश्वमणि थापा र योगेन्द्र बुढाले उम्मेदवारी दिएका छन् । अखिल क्रान्तिकारीमा नेतृत्वको लागि पहिलो पटक मधेशी समुदायको उम्मेदवारी परेको हो । अध्यक्षमा उम्मेदवारी दिएका ६ जना नै यसअघि उपमहासचिव थिए ।

क्रान्तिकारीमा अध्यक्षका मुख्य दाबेदार मानिएका ३ जनामध्ये यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नजिक मानिन्छन् । त्यस्तै पौडेल उपमहासचिव वर्षमान पुन तथा राई अर्का महासचिव जनार्दन शर्मा निकटका हुन् । अर्को कार्यकारी पद महासचिवमा १० जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा पदमप्रसाद काफ्ले, प्रतीक कार्की, श्याम रोक्का, रोशन थापामगर, रोशन खड्का, गोविन्द बानिया, सन्जिव फुयाँल, तिर्सना हमाल, शिव बस्नेत र संजयकुमार महतो छन् ।

हमाल एक्ली महिला उम्मेदवार हुन् भने महतो मधेशी समुदायबाट उम्मेदवारी दिने एक्ला उम्मेदवार हुन् । यस्तै रोक्का पनि दलित समुदायबाट महासचिवमा उम्मेदवारी दिने एक्का उम्मेदवार हुन् । १० जनामा जसमा हमाल मात्रै यस अघि उपमहासचिव थिइन् भने काफ्ले, रोक्का, थापामगर, खड्का, बानिया, फुयाँल, महतो सचिव थिए भने बस्नेत र कार्की केन्द्रीय सदस्य थिए ।

खुला तथा आरक्षण गरेर ९ उपाध्यक्ष पदका लागि ३७ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा ४ खुला उपाध्यक्षमा १८ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा ३ जना महिलाले पनि उम्मेदवारी दिएका छन् ।

खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनेमोवकी कार्की, देउमा जैशी (दिपा), बिराज थापा, रमेश आचार्य, समिर बढुाथोकी, भिष्मराज चौलागाई, मुना काप्री, योगश भट्टराई, राजिरमण न्यौपाने, देवेन्द्रराज शर्मा, खेम सिंह, मदन ढकाल, तुलसीराम न्यौपाने, नविन उपाध्याय, अटल आचार्य, बिनोद कोइराला, समिप खरेल र जिवन खड्का छन् ।

उपाध्यक्ष दलिततर्फ एक पदमा ५ जनाको उम्मेदवारी परेको छ । जसमा पदम नेपाली, उचित दास, कृष्णबहादुर सुनार, अविनाश रम्तेल र चित्र सुनारको उम्मेदवारी परेको हो । ५ जनामा ४ जना पहाडी दलित समुदायबाट उम्मेदवार रहेका छन् भने मधेशी दलित समुदायबाट दास एक्ला उम्मेदवार हुन् । यस्तै मधेशी उपाध्यक्ष १ पदमा ४ जनाको उम्मेदवारी परेको छ । जसमा अभयप्रताप चौबे, अभिमन्यु यादव, सन्जिवकुमार चौधरी र शिवमकुमार साह छन् ।

यस्तै उपाध्यक्ष खस आर्यतर्फ १ पदका लागि ५ जनाकै उम्मेदवारी परेको छ । जसमा सुरज भण्डारी, आशिष वास्ताकोटी, जनक बटाला, उमेश कडेँल र मिनराज आचार्य रहेका छन् भने उपाध्यक्ष आदिवासी जनजातितर्फ १ पदमका लागि २ जनाको उम्मेदवारी परेको छ । जसमा बुद्रोस लिम्बु मुना थापामगरको उम्मेदवारी परेको छ । उपाध्यक्ष छात्रातर्फ १ पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा पार्वती नेगी, ममता अधिकारी र मनिषा आचार्य छन् ।

प्रतिक्रिया दिनुहोस्