Logo
Logo

लस एन्जलसमा फेरि फैलियो आगो


315
Shares

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा फेरि डढेलो लागेको छ । आगलागी कास्टेइक ताल नजिकैको पहाडी क्षेत्रमा लागेको हो ।

नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू रहेकाले हजारौं मानिसहरूलाई सुरक्षित स्थानहरूमा सारिएको छ । अहिले आगलागी भएको क्षेत्र शहरबाट ४५ माइल टाढा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आगोको ज्वालाले ८ हजार एकडभन्दा बढी क्षेत्रफललाई ध्वस्त पारेको छ । यो आगो बढाउनमा तीव्र हावा र सुख्खा झाडीहरूले इन्धनको काम गरिरहेका छन् ।

यस आगलागीबाट अहिलेसम्म कुनै पनि घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दाहरू उक्त क्षेत्र छोड्न बाध्य भएका छन् । क्यालिफोर्नियाका अग्निनियन्त्रकहरूले जंगलमा लागेको आगो निभाउने प्रयास गरिरहेका छन् । यसबाट धेरै मानिसहरू घरबारबिहीन भएका छन् २५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्