Logo
Logo

सशस्त्रको इन्सपेक्टर भर्नाको नतिजा प्रकाशित, आरक्षणतर्फ मागभन्दा थोरै उत्तीर्ण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ असार ।
सशस्त्र प्रहरी बलको इन्सपेक्टर भर्नामा लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजामा आरक्षण कोटातर्फ मागभन्दा थोरै लिखित परीक्षामा उत्तीर्ण भएका छन् । महिला, दलित र अमर तथा अशक्त प्रहरीको कोटामा मागभन्दा थोरै उत्तिर्ण भएका हुन् ।


५८ जना इन्सपेक्टर भर्नामा महिलाको लागि पाँच जनाको कोटा थियो । जसमा चार जना मात्र उत्तिर्ण भएका छन् भने दलिततर्फ दुई जनाको कोटामा एक जना मात्र सफल भएका छन् । त्यस्तै अमर तथा असक्त प्रहरीको सन्तानका लागि रहेको एउटा कोटामा कोही पनि सफल हुन सकेनन् ।
लोक सेवा आयोगले सशस्त्र प्रहरी इन्सपेक्टरको लिखित परीक्षाको नतिजा सोमबार प्रकाशित गरेको छ । लकडाउनको कारण नजिता रोकिएको थियो ।
सशस्त्र प्रहरीको भर्नामा विगतदेखि नै मागभन्दा थोरै उत्तिर्ण हुने गरेका छन् । लोक सेवा आयोगले लिखित परीक्षा लिन थालेयता यस्तो समस्या भएको हो । प्रहरीको भर्नाको पाठ्यक्रम कठिन भएको भन्दै एक पटक संशोधन समेत भइसकेको छ ।
सेनामा पनि यस्तै समस्या भएपछि पाठ्यक्रम संशोधन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्