Logo
Logo

मुलुकको राजनीतिक अवस्था झन् बिग्रँदै गएको छ: प्रचण्ड


630
Shares

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन् ।

आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् बिग्रँदै गएको बताएका हुन् ।

सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै विपक्षीको तर्फबाट संयुक्त वक्तव्य जारी गरेको पनि उनले बताए। पूर्व(प्रधानमन्त्रीसमेत रहेका उनले अबिलम्ब विशेष अधिवेशन बोलाउन माग गरेपछि बल्ल सरकारले यही माघ १८ गते अधिवेशन बोलाएको जानकारी दिए ।

आगामी अधिवेशनमा विपक्षी दलको नेताका हैसियतले सरकारका गतिविधिका बारेमा जनतालाई केही अपिल गर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्