काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आजको बहस सकिएको छ ।
बिहीबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा भएको लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेको छ ।
पीडित र रविका तर्फबाट भोलि बहस हुने रुपन्देही जिल्ला अदालतका स्वास्तेदार गोविन्द ज्ञवालीले बताए । उनले रविलाई हिजो जस्तै परिवारको जिम्मा लगाइएको बताए ।