Logo
Logo

ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिवलाई धराैटीमा छाड्न आदेश


1k
Shares

विराटनगर । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धराैटीमा छाड्न जिल्ला अदालत माेरङले आदेश दिएको छ ।

बिहीबार न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पोखरेललाई ५ लाख धराैटीमा छाड्ने आदेश दिएकाे हाे । पाेखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको थियाे । बिहीबार बयान र थुनछेक बहसपछि ५ लाख रुपैयाँ धराैटीमा छाड्ने आदेश दिएको हो ।

उनीमाथि एमबीबीएसमा नाम निकालिदिने भन्दै विद्यार्थीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आराेप छ ।

प्रतिक्रिया दिनुहोस्