Logo
Logo

भारत–चीन सीमा विवाद र नेपाल


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

0
Shares

नेपाल–भारत सीमा विवादले चर्को रूप लिइरहेकै बेला विशाल सैन्य क्षमता र आणविक हतियारका साथै ठूलो जनसंख्या रहेका छिमेकी भारत र चीनबीच पछिल्ला केही हप्तादेखि हिमाली क्षेत्र लद्दाखमा सीमा विवादले उग्ररूप लिएको छ ।

चीन र भारत दुवै नेपालका छिमेकी हुन् र दुवै संग नेपालको मित्रवत सम्बन्ध छ । यस्तोमा दुवै मुलुकबीच द्वन्द्व चर्कनु नेपालका लागी चिन्ताको विषय हो । यो द्वन्द्व बढ्दै गएमा नेपालका साथै समग्र विश्वमै यसको असर पर्नेछ । यस्तै प्रकृतिको नेपाल–भारत सीमा विवादमा भारतले नेपालको पटक–पटकको वार्ताको प्रस्ताव अस्वीकार गरेपछि नेपालले आफ्नो कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको पूर्ण नक्सा प्रकाशित गर्न बाध्य भयो । र सोहीअनुसार संविधान पनि संशोधन भएको छ ।

बन्दुक प्रयोग नगरिकन भएको यस भीडन्तमा २० भारतीय सैनिकको ज्यान गएको बताइएको छ भने चीनले बन्दी बनाएका १० भारतीय सैनिकलाई चीनले फिर्ता गरेको बताइएको छ । यस सन्दर्भमा भारतीय सैनिकलाई कब्जामा लिइएको भन्ने खबर अस्वीकार गर्दै जारी गरिएको वक्तव्यमा चीन सरकारका प्रवक्ता झाओले भने, ‘सही गलत सबै स्पष्ट छ र जिम्मेवारी सम्पूर्णरूपमा भारतीय पक्षमा नै निहीत छ ।’

यस्तै चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले भनेको छ, ‘ नेपाल र पाकिस्तान दुवै मुलुक बीआरआइको साझेदार भएको हुनाले भारतले तीनतिरबाट सैन्य मोर्चाको सामना गर्नुपर्ने चेतावनी’ दिएर भारत–चीन सीमा संघर्ष झन् चर्कने सन्देश दिएको छ ।

‘यस्तै भारतीय सञ्चारमाध्यमले चिनियाँ पक्षका ४३ जनालाई घाइते वा मारिएको समाचार प्रकाशन गरेका छन् । तर चीनले आफ्नोतर्फ मृत्यु वा घाइते भएकाहरुकोबारे अहिलेसम्म केही बोलेको छैन । यो घटना लद्दाखस्थित गलवान क्षेत्रमा दुई देशबीचको लाइन अफ एक्चुअल कन्ट्रोलमा भएको हो । यो विवादास्पद कश्मीर क्षेत्रमा पर्छ । जहाँ व्यापकरूपमा सेना परिचालन गरिएको छ । लद्दाखमा राम्रोसँग सीमांकन नगरिएको लाइन अफ एक्चुअल कन्ट्रोलमा धेरै नदी, ताल र हिमपर्वत छन् । जसको अर्थ दुई देशका सेना तैनाथ गरिएको क्षेत्र आफैँ सर्न सक्छ र उनीहरू भीडन्तको स्थितिमा पुग्छन् ।

रणनीतिक महत्व रहेको सडक काराकोराम राजमार्ग उक्त क्षेत्रमा पर्छ, जुन क्षेत्रले चीन र पाकिस्तानलाई जोड्छ । बेल्ट तथा रोड इनिशीअटिभ (बीआरआई) अन्तर्गत रहेको यो परियोजनाले पाकिस्तानको दक्षिणी भागमा रहेको ग्वादर बन्दरगाहलाई जोड्छ ।

चाइना–पाकिस्तान इकोनोमिक करिडोरको निर्माणमा चीनले झन्डै ६० अर्ब अमेरिकी डलर लगानी गरेको छ । सन् १९६२ मा भारत–चीन दुई देशबीच युद्ध भयो, जसमा भारत नराम्ररी पराजित भयो । र भारतका अनुसार यस युद्धमा चीनले भारतको अक्साई चीन क्षेत्रको ३८,००० वर्ग किलोमिटर क्षेत्रफलमाथि कब्जा ग¥यो, जुन यही क्षेत्रमा पर्दछ । त्यसकारण यस क्षेत्रमा बराबर झडप भईरहन्थ्यो तर यसपटको झडप हिंसात्मक हुन पुग्यो र ठूलो मानवीय सैनिक क्षति भयो ।

एशियाका दुई ठूला राष्ट्रबीच सीमा क्षेत्रमा भएको विवादका कारण पछिल्लो चार दशकमा मानवीय क्षति हुने गरी भएको यो पहिलो घटना हो ।

चीन र भारत दुवै नेपालका छिमेकी हुन् र दुवै संग नेपालको मित्रवत सम्बन्ध छ । यस्तोमा दुवै मुलुकबीच द्वन्द्व चर्कनु नेपालका लागी चिन्ताको विषय हो । यो द्वन्द्व बढ्दै गएमा नेपालका साथै समग्र विश्वमै यसको असर पर्नेछ । यस्तै प्रकृतिको नेपाल–भारत सीमा विवादमा भारतले नेपालको पटक–पटकको वार्ताको प्रस्ताव अस्वीकार गरेपछि नेपालले आफ्नो कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको पूर्ण नक्सा प्रकाशित गर्न बाध्य भयो । र सोहीअनुसार संविधान पनि संशोधन भएको छ ।

भारतको आफ्ना कुनै पनि छिमेकीसंग राम्रो सम्बन्ध छैन । सबैभन्दा घनिष्ट सम्बन्ध भएको मानिएको नेपालसंग पनि भारतको ठूल्दाई प्रवृत्तिले गर्दा हालका दिनमा तिक्ततापूर्ण हुन पुगेको छ । भारतले नेपालसँग अविलम्ब वार्ता गरेर नेपालसँगको सबै समस्याको टुंगो लगाउनु पर्दछ त्यसैमा दुवै देशको भलाइ छ ।

भारत र नेपाल दुवै देशका जनता नेपाल–भारतको सम्बन्ध बिग्रेको देख्न चाहँदैनन् । नेपाल र भारत दुवै देशका सरकार यसबारे चनाखो हुनु आवश्यक छ । कटुतापूर्ण सम्बन्ध लामो समयसम्म रहीरह्यो भने त्यसले गम्भीर मोड लिन सक्ने हुन्छ । त्यस्तो कार्यले दुवै देशको हित गर्दैैन ।

Twitter : @rmshghimire

प्रतिक्रिया दिनुहोस्