Logo
Logo

ट्रम्पलाई अदालतको झट्का


1.6k
Shares

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउन जारी गरेको आदेशलाई अदालतले अस्थायी रुपमा रोक लागएको छ ।

ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गर्दै अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसविरूद्ध परेको मुद्दामा सुनुवाइ गर्दै संघीय जिल्ला अदालतका न्यायाधीश जोन सी कोफनरले ट्रम्पको यो आदेशलाई असंवैधानिक ठहर गर्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएका हुन् ।

न्यायाधीश कोफनरले राष्ट्रपतिको उक्त आदेशलाई १४ दिनका लागि रोक लगाएको अन्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यसले आप्रवासनसम्बन्धी दशकौं पुरानो कानुन उल्ट्याउने ट्रम्पको प्रयासलाई अल्पकालीन रूपमा बिफल पारेको छ । यद्यपि १४ दिनपछि उक्त आदेशलाई नवीकरण गर्न सक्नेछन् ।

यसबारेमा ट्रम्पले माथिल्लो अदालतमा अपील गर्ने बताएका छन् । शपथ ग्रहणका दिन सय भन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गरेका ट्रम्पलाई अदालतको यो आदेशले झट्का दिएको छ । योसँगै उनले अरू पनि विभिन्न आदेशमा हस्ताक्षर गरेका छन् जुन अदालत पुग्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्