काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पाल्पा र रूपन्देहीमा तय भएको उद्घाटन र शिलान्यास कार्यक्रममा नजाने भएका छन् । चिकित्सकको सुझावमा प्रधानमन्त्री ओली बालुवाटारमै आराम गर्ने भएका हुन् ।
प्रधानमन्त्री नजाने भएप्नि यी कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली मंगलबार बेलुकीदेखि अस्वस्थ छन् । त्यसैले चिकित्सकहरूको सुझावमा प्रधानमन्त्री ओलीले पाल्पा र रूपन्देहीको कार्यक्रमलाई स्थगित गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आज सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु, र बुटवल गोरूसिंगे सडकको स्तरोन्नतिको शिलान्यास, पाल्पाको बगनासकाली र तिनाउ गाउँपालिकाका प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । यसअघि प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम सार्वजनिक गरेको थियो ।