Logo
Logo

पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका


189
Shares

पोखरा । पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट । उचित रणनीति, पूर्वाधार विकास, र दीर्घकालीन योजना निर्माण नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको भन्ने टिप्पणी भएको थियो । तथापि, पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै यस क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा महत्वपूर्ण फाइदाहरू लिने विश्वासले पोखराका पर्यटन व्यवसायीमा बेग्लै ऊर्जा थपेको छ ।

घोषणापश्चात् पोखरालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनाका साथै स्थानीय अर्थतन्त्रमा वृद्धि, रोजगारीका अवसर सिर्जना र पूर्वाधार विकासको गति तीव्रसँगै यसले पर्यटकहरूलाई आकर्षित गर्दै स्थानीय कला, संस्कृति र प्राकृतिक सौन्दर्यको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास सरोकारवाला सबैमा रहेको पाइन्छ । यतिबेला पोखरा महानगरपालिकाले अहिले पोखरा भ्रमण वर्ष २०२५ लाई भव्य रुपमा मनाउने तयारी गरिरहेको छ ।

महानगरको नीति तथा कार्यक्रममा समेटेको भ्रमण वर्षलाई यही जनवरी महिनाको अन्तिम या फेब्रुअरीमा औपचारिक कार्यक्रम गरेर अघि बढाउने तयारी गरिरहेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । उनले पोखरा भ्रमण वर्षलाई सफल बनाउन विशेष तयारीमा साथ लागिपरेको बताए । ‘पोखरा भ्रमण वर्ष २०२५ हाम्रो महानगरको पर्यटन क्षेत्रको उन्नति र प्रवद्र्धनका लागि कोसेढुङ्गा साबित हुने विश्वाससहित हामीले गृहकार्य थालेका छौँ, सफल बनाउँछौँ’, प्रमुख आचार्यले भए ।

उनले नेपालको पर्यटकीय राजधानीका रूपमा रहेको पोखरालाई उत्कृष्ट गन्तव्य बनाउनका लागि विभिन्न पर्यटकीय गतिविधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिएको बताए । ‘पोखराको पर्यटनलाई साँचो अर्थमा नयाँ उचाइमा पु¥याउनका लागि सबै पक्षको समन्वय र दीर्घकालीन दृष्टिकोण अपनाउनु पर्छ’, आचार्यले भने ।

उनले मित्रराष्ट्र चीनले आफ्ना नागरिकका लागि नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको र यसले नेपालको पर्यटन प्रवद्र्धनमा ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘यो कदमले नेपाल र चीनबीचको मित्रता अझ सुमधुर बनाउनाका साथै पोखरालगायत नेपालको पर्यटकीय गन्तव्यलाई विश्वव्यापी रूपमा चिनाउने अवसर प्रदान गरेको छ’, उनले भने ।

नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्षका अवसरमा ठमेल र भक्तपुरमा आयोजना गरिएका सांस्कृतिक महोत्सवहरूले नेपालको सांस्कृतिक विविधता, परम्परा र पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

पोखरा महानगरपालिकाका पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीले पोखरा महानगरले वर्ष २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा सफल बनाउन विभिन्न योजना समेटेको बताए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रमुख देशहरूमा नियमित उडान सुरु गर्ने, पर्यटन विविधीकरणका लागि साहसिक पर्यटनसँगै सांस्कृतिक, ग्रामीण र पर्यावरणीय पर्यटनलाई प्राथमिकता दिने तथा स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा आधारित योजनाहरू लागू गरेर उनीहरूको आर्थिक स्थिति सुधार गर्ने उद्देश्य रहेको छ । साथै, डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा पोखराको प्रचार–प्रसार गर्दै पर्यटकलाई अविस्मरणीय अनुभव प्रदान गर्ने ‘लाइफटाइम एक्सपेरियन्स’ दिने नयाँ कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

महानगरले यो घोषणापश्चात १५ लाख पर्यटक भित्र्याउने महत्वाकाङ्क्षी योजना अघि सारेको कार्कीले जानकारी दिए । ‘यस योजनामा पर्यटन, पूर्वाधार विकास, वातावरणीय दिगोपन, र सामुदायिक उत्थानलाई प्राथमिकता दिइएको छ’, कार्कीले भने, ‘निजी क्षेत्रसँग सहकार्य गर्दै वर्षभरि पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य महानगरले राखेको छ ।’ प्रत्येक वडामा कम्तीमा एक पर्यटकीय गन्तव्य विकास गरी तालदेखि ताल, गुफादेखि गुफा, हाइकिङ मार्ग निर्माण गरिनेछ । विशेष परियोजनाहरूअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण, डेभिज फल्समा ग्लास ब्रिज, सेती नदी खोँचमा पर्यटक पूर्वाधारको विकास, फोहोर व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । फेवाताल, सराङकोट, र अन्नपूर्ण परिपथजस्ता गन्तव्यहरूलाई थप प्रवद्र्धन गर्नाका साथै नयाँ पारिस्थितिक पर्यटन पहल, सांस्कृतिक पर्यटन कार्यक्रम र समुदाय–आधारित परियोजनामार्फत पर्यटकलाई विविध अनुभव प्रदान गर्ने प्रयास पनि भइरहेको छ ।

त्यसैगरी, प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदामा आधारित पर्यटन कार्यक्रम सञ्चालन गर्नाका साथै मुक्तिनाथ प्रवेशद्वार निर्माण, फेवातालमा बाँध निर्माण, कोत्रेमझुवामा बहुउद्देश्यीय प्रवेश पार्क, फेवातालको माथिल्लो भागमा फेवा बीच विकास, रत्न मन्दिरलाई दरबार सङ्ग्रहालयका रूपमा पुनर्निर्माण, हेरिटेज ट्रेल र मेट्रो ट्याक्सी सेवाजस्ता पूर्वाधार विकास योजनाहरू कार्यान्वयन गरिने जनाइएको छ ।

एसियाली विकास बैङ्क (एडिबी) को आर्थिक सहयोगमा पोखराको पर्यटन विकास र स्थानीय जीविकोपार्जन सुधारका लागि विभिन्न परियोजनाहरु अहिले सञ्चालित रहेको पोखराको पर्यटन सुधार परियोजनाहरुबाट काम सुरुआत भएका छन् । एडिबीबाट सहरी उत्थानशील तथा जीवनयापन सुधार आयोजनाका लागि ३१.७९ मिलियन डलर आर्थिक सहयोग गरेको आयोजनाका म्यानेजर इन्जिनीयर कविता पौडेलले जानकारी दिए ।

पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले पोखरा महानगरपालिकाले घोषणा तयारी गरेको पोखरा भ्रमण वर्षले पर्यटन क्षेत्रको विकास र पोखराको विश्वव्यापी पहिचानका लागि महत्वपूर्ण अवसरका रूपमा लिन सकिने बताए । उनले हालै मात्र सम्पन्न ड्रागन बोट रेस प्रतियोगिता, सडक महोत्सव, हट एयर बेलुन महोत्सवजस्ता जल, जमिन र आकाश लक्षित महोत्सवहरुले अन्तर्राष्ट्रियजगत्मा पोखरालाई चिनाउन थप सहयोग पु¥याएको बताए । भ्रमण वर्षका लागि पनि साहसिक पर्यटन, ग्रामीण पर्यटन र सांस्कृतिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।

पोखरा महानगर सहरी योजना आयोगका पूर्वउपाध्यक्ष तथा पर्यटन रणनीतिका योजनाकार डा रामचन्द्र लामिछानेले भ्रमण वर्ष घोषणा मात्र नगरी यसको लक्ष्य हासिल हुनेगरी काम गर्नुपर्ने बताउँछन् । पोखरा भ्रमण वर्ष घोषणा गरेर मात्र पर्यटक आउँदैनन्, रणनीतिक योजनासहितका कार्यक्रम र पूर्वाधार विकासमा ध्यान दिनुपर्छ । उनले घोषणलाई व्यवहारमा उतार्नका लागि स्पष्ट रणनीति र दृढ इच्छाशक्ति हुनुपर्ने आवश्यकता औँल्याए ।

पोखरालाई अन्तर्राष्ट्रियस्तरको गन्तव्यका रूपमा स्थापित गर्न यातायात, होटल, गाइड, सुरक्षा, हस्पिटालिटी र स्थानीय समुदायको सशक्त सहभागिता सुनिश्चित गर्नुपर्छ । पोखराको पर्यटनलाई दिगो र समृद्ध बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता, पर्यावरणीय संरक्षण र उत्कृष्ट पूर्वाधार विकास अनिवार्य हुन्छ । साथै, पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय उडान सञ्जालको प्रवद्र्धन र पर्यटन कार्यक्रमहरूको विविधताजस्ता पक्षहरूलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

ओली प्रधानमन्त्री

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट रहेर सबैभन्दा धेरै अवसर पाउने नेताहरु मध्ये एक हुन् हालका गृहमन्त्री रमेश लेखक । देउवा निकट रहेर पटक-पटक अवसर प्राप्त गरेका लेखक ०७९ को निर्वाचनपछि संसदीय दलको प्रमुख सचेतक बने । त्यसपछि तत्कालिन गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदमा खरोरुपमा विरोध गरे ।

कतिसम्म भने लेखकले रविले सहकारी ठगी गरेको प्रमाण नै छ भन्दै सडकदेखि संसदसम्म विरोध गर्न भ्याए । कांग्रेसले लगभग ३ महिनासम्म संसद अवरुद्ध गर्दा लेखकले सबैभन्दा धेरै रविको विरोध गरे । कांग्रेसले सत्ताको छटपटीले सत्तामा पुग्ने बाटो रविलाई रोज्यो। जसअनुरुप सभापति शेरबहादुर देउवाले सडकदेखि सदनसम्म विरोध गर्न लेखकदेखि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रामहरी खतिवडा जस्ता नेताहरु खटाए ।

नभन्दै देउवाले खटाएका ठिटाहरुको सदन अवरुद्ध गर्न सफल भए। जसले गर्दा तत्कालिन प्रचण्ड नेतृत्व सरकार सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय छानविन समिति बनाउन बाध्ये भयो। त्यसपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झा पक्राउ परे। लगत्तै सरकार परिवर्तनको खेलमा लागे देउवा।

देउवा पत्नी आरजु राणा पक्राउ पर्ने डरले देउवा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने खेलमा लागे। नभन्दै ओली पनि देउवाको योजनाअनुरुप आरजुलाई बचाउन कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने ।

देउवाले लेखकलाई ओली नेतृत्व सरकारको गृहमन्त्री बनाए ।

पार्टीभित्र लेखकभन्दा प्रभावशाली नेता हुँदाहुँदै रविविरुद्ध संसदमा चर्को स्वरले भाषण गरेवापत देउवाले उनलाई गृहको उपहार दिए । लेखक उनै हुन् जसले रवि गृहमन्त्री हुँदा सहकारी ठगी भन्दै सहकारीको रकम हिनामिना गरेको प्रमाण छ भन्दै उफ्रेका थिए । तर उनी गृहमन्त्री बने। तर गृहमन्त्री बनेको सयदिन भन्दा बढी भइसके पनि सहकारी पिडितलाई कुनै न्याय दिन सकेका छैनन्। कुनै फरार सहकारीका संचालकलाई पक्राउ गर्न सकेका छैनन् ।

रविलाई जीबी राईलाई जोगाएको भन्दै उफ्रेका लेखक अहिले आफै गृहमन्त्री भएपनि जीबीलाई पक्राउ गर्न त के उनको नामसमेत लिन सकेका छैनन् । कांग्रेस नेता रामहरी खतिवडा निकट मानिएका जीबीलाई कांग्रेसकै नेताहरुले जोगाएको समाचार बाहिरिएको छ । तर लेखक जीबीलाई पक्राउ गर्नुको सट्टा गोर्खा मिडियाक तत्कालिन प्रबन्ध निर्देशकको हैसियतले चेक काटेको भन्दै रविलाई दुख दिइरहेका छन् ।

रविलाई पक्राउ गर्न गृहमन्त्री लेखकलाई देउवा र आरजु राणाको दवाव आएको समाचारहरु सार्वजनिक भइसकेको छ। त्यस्तो त प्रधानमन्त्री केपी शर्मा ओली पनि रविलाई पक्राउ गर्ने पक्षमा थिएनन् । सरकार गठन भए लगत्तै रविलाई सहकारी ठगीमा पक्राउ गर्न दवाव दिए पनि ओली भने केहि समय मौन रहे। तर देउवा र आरजुको काध चढेर प्रधानमन्त्री बनेका ओली पनि ब्याक भए । दशैं लगत्तै रविलाई रास्वपा केन्द्रिय कार्यालयबाटै पक्राउ गरेर पोखरा लगे। रवि रवि ८४ दिन हिरासत बसाईपछि ६५ लाख धरौटीमा रिहा भइसकेका छन् । रवि लगत्तै काठमाडौं जिल्ला अदालतबाट पनि ६० लाख धरौटीमा रिहा भइसकेका छन् ।

तत्कालिन प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारलाई भत्काउन रातारात संसदको पहिलो ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच सहमति भएको थियो । संविधान संसोधनका लागि कांग्रेस-एमालेबीच गठवन्धन भएको नामाकरण दिएपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने भ्रष्टाचारीलाई जोगाउन सरकार परिवर्तन भएको आरोप लगाइरहे ।

नभन्दै ओली नेतृत्व सरकारको ६ महिनापछि प्रचण्डको भनाइ पुष्टि भएको छ । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले तत्कालिन सरकारले अनुसन्धान गरिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवालाई परराष्ट्र मन्त्रालयको उपहार दिए । तत्कालिन गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेले देउवा पत्नी आरजुलाई पक्राउ गर्न तयारी थालिसकेका थिए ।

आरजुलाई पक्राउ गर्न प्रहरी र सीआईबीको टोलि बुधनिल्कण्ठ पुगेको थियो । पहिलो पटक प्रहरीले पक्राउ गर्न पुगे पनि आरजु घरबाट बाहिर निस्किएको खबरले रित्तो फर्किएका थियो । दोस्रो पटक पनि प्रहरी र सीआईबीको टोलि बुधनिल्कण्ठ पुग्दा सभापति देउवा र आरजु पक्राउ पर्ने सूचना पाएलगत्तै एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट निस्किएका थिए ।

बालकोटमा १५ असरमा भएको भेटघाटमा कांग्रेस सभापति देउवाले ओलीलाई प्रधानमन्त्री बन्न आग्रह गरे । प्रधानमन्त्री बनाउनुको मुख्य उदेश्य थियो पत्नी आरजुलाई नक्कली भुटानी शरणार्थी प्रकरणबाट पक्राउ हुनुबाट बचाउनु । ओली पनि प्रचण्डसँग भएको सहमति तोड्दै प्रधानमन्त्री बन्न तयार भए र आरजुलाई पक्राउ गर्नुको सट्टा परराष्ट्र मन्त्रालयको चाभी सुम्पिए ।

त्यसपछि ओली नेतृत्व सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको भन्ने प्रमाणित सुरु भएको हो । त्यस्तै, तत्कालिन गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी भन्दै झन्डै तिन महिनासम्म संसद अवरुद्ध गरेको कांग्रेसका नेताहरु अहिले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङ नै सहकारी ठगी प्रकरणमा मुछिएपछि मौन छन् ।

रवि गृहमन्त्री हुँदा सहकारीको रकम ठगी गरेको प्रमाण नै बोकेर हिडेका कांग्रेस महामन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्मा अहिले आफ्नै पार्टी उपसभापति गुरुङले सहकारीको रकम ठगी गरेको प्रमाण बाहिरीए पनि कारबाही गर्न तयार छैनन् । उता रविविरुद्ध उफ्रिने अर्का कांग्रेस नेता हुन् गृहमन्त्री रमेश लेखक । कांग्रेसबाट रवि र सरकारविरुद्ध खरो रुपमा विरोध गरेवापत साभापति देउवाबाट गृहमन्त्रीको उपहार पाएका लेखक वास्तविक सहकारी ठगीहरुलाई बचाऊ गर्दै रविलाई सिध्याउने बाटोमा छन् ।

गृहमन्त्री लेखक भ्रष्टाचार काण्डका फाइल खोल्नुभन्दा पनि प्रहरी सरुवाबढुवामा व्यस्त छन्। कतिसम्म भने गृहमन्त्री लेखक प्रहरी सहायक हवल्दार सरुवा बढुवामा समेत दवाव दिने गर्छन्। बालुवाटार जग्गा प्रकरणमा मुछिएका मुख्य व्यक्ति नेकपा एमालेका उपाध्यक्ष एवं हालका अर्थमन्त्री विष्णु पौडेलले उन्मुक्ति पाएका छन् । पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको टोलीले अनुसन्धान अघि बढाएदेखि नै उनको नाम यो प्रकरणमा मुछिएको थियो । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौडेलका छोरा अर्थात् जग्गाधनी नवीन पौडेलको नाम परेन ।

अर्थमन्त्री पौडेलले आफूले नवलपरासीको जग्गा बेचेर त्यहाँ किनेको दाबी गर्दै आएका थिए । पौडेलले छोरा नवीनको नाममा जग्गा पास गराएका थिए । ‘ललिता निवास क्याम्पभित्र पर्ने सरकारी जग्गा आफ्नो नाममा कायम रहेका हालका जग्गाधनीहरुमध्येका कुमार रेग्मी र नवीन पौडेलउपर समेत जग्गा जफतको मागदाबी गर्नुपर्नेमा निजहरुले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान तथा आयोग समक्ष पेश गरेको निवेदनमा काठमाडौं बालुवाटारस्थित ललिता निवास क्याम्पभित्र आफ्नो नाममा कायम रहेका जग्गाहरु नेपाल सरकारलाई छाडिदिन मञ्जुर गरेकाले जग्गा जफतको मागदावी लिनका लागि प्रतिवादी बनाउन आवश्यक नदेखिँदा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५५ बमोजिम हाल निज कुमार रेग्मी र नवी पौडेलको हकमा जग्गा जफतको मागदावी नलिने ।’अख्तियारले पौडेलले लिएको जग्गाको विषयमा यस्तो प्रष्टीकरण दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्