Logo
Logo

झाँक्री प्रकाश भुजेल धरौटीमा रिहा


2.8k
Shares

काठमाडौं । उच्च अदालत पाटनले झाँक्री प्रकाश भुजेल २ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

शुक्रबार उच्च अदालतको पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बिहीबार २ लाख धरौटी तिरेर थुनामुक्त गर्न आदेश दिएको हो ।

आदेशपछि पुर्पक्षमा जेल चलान भएका भुजेल रिहा भएका छन् । काठमाडौँको ब्रम्हखेलमा दुर्घटना गराएका भुजेललाई जिल्ला अदालत काठमाडौंले गत मंसिरमा थुनामा पठाउन आदेश दिएको थियो ।

गत कात्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा-२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो । दुर्घटनापछि झाँक्री पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्