Logo
Logo

अखिल क्रान्तिकारीको अध्यक्षबाट योगेन्द्र बुढाले लिए उम्मेदवारी फिर्ता


1.7k
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा अध्यक्षका उम्मेदवार योगेन्द्र बुढाले उम्मेदवारी फिर्ता लिएका छन् ।

बुढाले नेतृत्व निर्माणको क्रममा संगठनमा सापेक्षित केन्द्रीकरण पैदा गर्ने उद्देश्यले आफूले उम्मेदवारी फिर्ता लिई अर्का उम्मेदवार विजय प्रकाश शर्मा सापकोटालाई समर्थन गर्ने निर्णय लिएको विज्ञप्तिमार्फत जनाएका छन् ।

साथै उनले सापकोटालाई अध्यक्ष पदमा मतदान गरी विजय गराउन हार्दिक अपिल गर्दै बाँकी रहेका अध्यक्षका उम्मेदवारलाई पनि उम्मेदवारी फिर्ता लिई विजयलाई समर्थन गर्न आह्वान गरेका छन् ।

बुढाले उम्मेदवारी फिर्ता लिएसँगै अध्यक्षका लागि ४ जनाको प्रतिस्पर्धा हुने भएको छ । उपदेशकुमार यादव, विजयप्रकाश शर्मा सापकोटा, सुदीन पौडेल र हेमन्त राईबीच प्रतिस्पर्धा हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्