Logo
Logo

जापानमा विदेशी आगमनमा नयाँ रेकर्ड


एजेन्सी

1.2k
Shares

टोकियो । जापानमा सन् २०२४ मा तीन करोड ६७ लाख ८० हजार विदेशी आगन्तुक आएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।

यो सङ्ख्या सन् २०१९ मा सेट गरिएको तीन करोड ११ लाख ९० हजारको अघिल्लो रेकर्ड भन्दा बढी छ । जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार सन् १९५० मा तथ्याङ्कहरू सुरु भएदेखि विदेशी आगन्तुक आएको यो सबैभन्दा उच्च सङ्ख्या हो ।

एजेन्सीले अन्तर्राष्ट्रिय उडानहरूको पुनः सुचारु र महामारी पछि बलियो रिकभरी प्रवृत्तिलाई विकासमा योगदान पु¥याउने प्रमुख कारकहरूको रूपमा प्रकाश गर्यो ।

धेरैजसो पर्यटकहरू पर्यटन जस्ता उद्देश्यका लागि छोटो अवधिको भ्रमणमा आएका थिए । अन्य कोटीहरूमा अध्ययन र प्राविधिक इन्टर्नशिप समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्